समाज


सिराहामा युवती मृत भेटिएको घटना अनुसन्धान गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

सिराहामा युवती मृत भेटिएको घटना अनुसन्धान गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

फाइल तस्बिर: गृहमन्त्री रमेश लेखक


नेपालखबर
बैशाख ३, २०८२ बुधबार ११:५३, काठमाडौँ

सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत भेटिएको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन्।

उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन्।

यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन्।

उनी सिराहाकै नवराजपुर गाउँपालिका-३ दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा मृत भेटिएको सिराहा प्रहरीले जनाएको छ।

विस्तृतसिराहामा यौन दुर्व्यवहारमा परेकी २५ वर्षीया महिला मृत भेटिइन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad