हङकङ साहित्यिक साझा श्रृङ्खलाको १४३औँ संस्करणसँगै बालिका बान्तावाकृत उपन्यास ‘प्याउली’ विमोचन हुने भएको छ।
यही अप्रिल २७ तारिख मध्यान्ह १२ बजेबाट जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्टको सभाकक्षमा हुने भनिएको उक्त समारोहको प्रमुख आयोजक किरात राई प्रज्ञा प्रतिष्ठानका साथै सहआयोजक संस्थाद्वय किरात राई बान्तवाखिम र हङकङ साहित्यिक साझा श्रृङ्खला रहेका छन्।
नेपालको राजधानी हुँदै पूर्वका विभिन्न जिल्लामा विमोचन भएर चर्चामा रहेको बालिका बान्तवाको यो उपन्यास नै हङकङेली नेपाली साहित्यमा नारी सर्जकले लेखेको पहिलो प्रकाशित उपन्यास हुन पुगेको छ।

यस प्रकाशनअघि उनी केही फुटकर कविता र गीत लेखनमा देखिएकी थिइन्। स्व. विक्रम राईको संगीत र सुनिता थेगिमको स्वर रहेको ‘मैले पाएको सृष्टिको अनमोल रचना हौ तिमी, कैयौं कष्ट सहेर पाएको सपना हौ तिमी ...’ बोलको गीतका साथै ‘ओइ जिन्दगी !’, ‘आउ एउटा प्रेमको नियम बनाउँ’ जस्ता उनका केही फुटकर कविताहरू युट्युब तथा सामाजिक सञ्जालमा सुनिँदै आएका थिए।
‘आफ्नै जीवन भोगाइको यथार्थ गर्भबाट प्याउलीलाई किताबको रुपमा जन्माएको’ बताएकी बालिकाले ‘उक्त विमोचन मितिमा आफ्नो जन्मदिन पनि परेको’ कारण आजीवन स्मरणीय कार्यक्रम हुने जनाएकी छिन्।
Shares

प्रतिक्रिया