स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ संघीय अस्पतालमा सेवा थप र विस्तार भएको जनाएको छ। मन्त्रालयले हेमोडाइलासिस, हिस्टोप्याथोलोजी, अडियोग्राम तथा कोलोप्सोकोपी र क्रियोथेरापी लगायतका सेवा थप गरेको हो।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले ट्रमा सेन्टरले सीटीस्क्यान तथा एक्सरेमा डिजिटल रिपोर्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमेलोग्राफी र स्नायु सञ्चालन परीक्षण एनसीभी, कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा सुरु गरेको जानकारी दिए।
यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले कुपण्डोल शाखामा सिमुलेसन प्रयोगशाला तथा बर्न युनिट विस्तार, तनहुँको दुलेगौंडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले हेमोडाइलासिस सेवा सुरु, भक्तपुर क्यान्सर अस्पतालले मुटुको इको तथा पियफती सेवा, कोसी अस्पताले निःसन्तान उपार सेवा आईभीएफ सुरु गरेको छ।
डडेलधुरा अस्पतालले भने एकै स्थानबाट प्रयोगशाला नमुना लिने गरी एकीकृत ल्याब नमूना संकलन सुरु गरेको छ। वीरगञ्जको नारायणी अस्पतालले एनआइसीयुमा विद्युतीय चिकित्सा प्रतिवेदन लागू गरेको छ भने भेरी अस्पताल आईसीयू र बर्न शैया विस्तार गरेको छ।
वीर अस्पताले काठमाडौँ महानगरपालिसँग मिलेर पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण सुरु गरेको प्रवक्ता बुढाथोकीले बताए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने एमसीएच भवन तथा ल्याब मेसिन र क्यान ल्याब स्थापना गर्ने बताएको भरतपुर अस्पतालले भने सेवा सुरु थप नगरेको मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया