काठमाडौँको नागार्जुन नगरपालिका-४ सीतापाइला लामाथुम्कीको एक घरको इनारमा खसेकी सोनियाको उद्धार भएको छ। आज मंगलबार बिहान ९:४० बजेको समयमा मुकुन्दप्रसाद लोहनीको घरको कम्पाउन्डमा रहेको इनारमा सुनसरी इनरुवा नगरपालिका-६ घर भई हाल सीतापाइला बस्ने राई खसेकी हुन्।
मानसिक बिरामीसमेत रहेकी उनको जिल्ला प्रहरी परिसर काठमाडौँमा खटिएका उद्धवसिंह भाटको नेतृत्वको टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ।
इनारमा खसेकी उनलाई करिब एक घण्टापछि १०:३५ बजे प्रहरीको टोलीले उद्धार गरेको थियो। उनको अहिले मनमोहन मेमोरियल अस्पतालमा उपचार जारी छ।
162
Shares

प्रतिक्रिया