ad ad

समाज


बुटवलमा मृत्यु भएका युवामा देखिएन कोरोना संक्रमण, दुई जनाको रिपोर्ट आउन बाँकी*

बुटवलमा मृत्यु भएका युवामा देखिएन कोरोना संक्रमण, दुई जनाको रिपोर्ट आउन बाँकी*

नेपालखबर
चैत १७, २०७६ सोमबार १२:५२,

पाटन, वीर अस्पताल र बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका तीन जनाको नमुना परीक्षणको नतिजामा कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा अपडेट गरे पनि पछि प्रवक्ताले त्यसलाई सच्याएका छन्।

सोमबार दिउँसो करिब ४ बजेतिर मन्त्रालयले आफ्नो वेबसाइटमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणअनुसार ३ जनामा कोरोनाभाइरस नदेखिएको जानकारी दिएको थियो। पछि वेबसाइटमा त्यसलाई सच्याइएपछि नेपालखबरले मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले बुटवलको मात्र नेगेटिभ रिपोर्ट आएको आफूले थाहा पाएको बताए।

मन्त्रालयको वेबसाइटमा किन तीन जनाकै नेगेटिभ रिपोर्ट आएको अपडेट भयो त? नेपालखबरको प्रश्नमा देवकोटाले भने, ‘बुटवलबाहेकको रिपोर्ट त आउन बाँकी थियो, कसरी त्यस्तो अपडेट भएछ?’

प्रवक्ता देवकोटाका अनुसार सोमबार आएको परीक्षण रिपोर्टमा बुटवलको कोरोना अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने पाटन र वीर अस्पतालमा मृत्यु भएकाको रिपोर्ट आउन बाँकी नै छ।

(*स्वास्थ्य मन्त्रालयको वेवसाइटमा दिइएको अपडेटका आधारमा सुरुमा प्रकाशित खबर सच्याइएको छ- सम्पादक)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .