ad ad

समाज


कोरोनाविरुद्ध उपचारमा खटेका चिनियाँ टोलीले अमेरिकी चिकित्सकलाई अनुभव सुनाए

कोरोनाविरुद्ध उपचारमा खटेका चिनियाँ टोलीले अमेरिकी चिकित्सकलाई अनुभव सुनाए

नेपालखबर
चैत १७, २०७६ सोमबार ११:५७,

शनिबार चीनका टोलीले भिडियो सम्मेलनमार्फत स्टेट युनिभर्सिटी अफ न्युयोर्क अपस्टेट मेडिकल युनिभर्सिटीका चिकित्सकहरु सँग आफ्नो अनुभव साटेको सिन्ह्वाले जनाएको छ।

वुहानमा चिनियाँ डाक्टरले कसरी कोरोनाका संक्रमितलाई उपचार गरे, कोरोना नियन्त्रण गर्न के विधि अपनाएजस्ता विषयमा छलफल भएको थियो।

अमेरिकाका ९० डाक्टरले उक्त भिडियो सम्मेलनमा भाग लिएका थिए। वुहान अस्पतालले अमेरिकी चिकित्सकहरुसँग भिडियो सम्मेलनमार्फत कोरोनाबारे छलफल गरेको यो आठौंपटक हो।

चिनियाँ अनुभवले अमेरिकालाई कोरोनासँग जुध्न टेवा पुग्ने अनुमान गरिएको छ।

हाल विश्वमा कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलुक अमेरिका हो। चीनमा भने कोरोनाको प्रभाव घट्दै गएको छ।

अमेरिकामा १ लाख ४२ हजार ७९३ कोरोनाले संक्रमित छन् त्यहाँ २४ सय ९० को मृत्यु भएको छ।

चीनमा भने ८१ हजार ४७० संक्रमित छन्। त्यहाँ ३३ सय ४ को मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .