सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो।
मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए। उनले शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए।
69
Shares

प्रतिक्रिया