समाज


काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा

नेपालखबर
चैत ३०, २०८१ शनिबार १३:२१, काठमाडौँ

वर्षा र हावाहुरीसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण ह्वात्तै घटेको छ। 

विश्वकै वायु गुणस्तर मापन गर्ने  ‘एअर क्वालिटी इन्डेक्स’को सूचीमा २ दिनअघि मात्र पहिलो नम्बरमा रहेको नेपाल आज ४२औँ नम्बरमा झरेको हो। 

नेपाली समयानुसार आज (शनिबार) दिउँसो १:१५ बजेको सूचीमा काठमाडौँ, नेपाल विश्वका वायु पदूषित सरहमध्ये ४२औँ नम्बरमा छ।

यतिबेला काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) ६७ मात्र छ। 

५० सम्मको एक्यूआईलाई सन्तोषजनक र १५० देखि २ सयसम्मलाई अस्वस्थ मानिन्छ।

अहिले विश्वकै सबैभन्दा बढी वायु प्रदूषण चीनको वुहान सहर बनेको छ। त्यहाँ यतिबेला एक्यूआई २५० छ। 

लामो समय वर्षा नहुँदा र हावाहुरी नचल्दा काठमाडौँ उपत्यकामा वायू प्रदूषण निकै बढेको थियो। 

दुई/तीन दिनयता हावाहुरीसँगै वर्षा हुन थालेपछि वायु प्रदूषण घट्दै गएको हो। 

काठमाडौँ उपत्यकामा आज बिहान पनि हावाहुरीसहित पानी परेको थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad