ad ad

समाज


सरकारले भन्यो : चीनबाट ल्याइएका सबै परीक्षण मेसिन ठीक

सरकारले भन्यो : चीनबाट ल्याइएका सबै परीक्षण मेसिन ठीक

नेपालखबर
चैत १७, २०७६ सोमबार ११:२०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट ल्याइएका सबै कोरोना नमूना परीक्षण पीसीआर मेसिन दुरुस्त भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आइतबार चीनबाट ल्याइएका ५ मेसिनको जाँच गरिसकिएको र सबै ठीक हालतमा रहेको जनाएका हुन्।

उनले मेसिनको सेटिङको काम पनि सकिएको र गन्तव्यतिर पठाउने तयारी भइरहेको जनाए। चीनबाट ल्याइएका ५ मध्ये चार मेसिन सरकारले बुटवल, जनकपुर, सुर्खेत र धनगढीमा जडान गर्ने भएको छ।

चीनबाट ल्याइएको एउटा मेसिन भने काठमाडौंमा राखिएको छ।

यसअघि नै धरानमा आइतबारबाट कोरोना परीक्षण सुरु भइसकेको छ। सोमबारसम्म त्यहाँ १९ वटा परीक्षण भएको र नतिजा आउनेबित्तिकै सार्वजनिक गरिने प्रवक्ता देवकोटाले जनाए।

उनले पोखरा, दाङ, हेटौंडाबाट पनि कोरोना परीक्षण मेसिनको माग भएको भए पनि क्रमशः ती स्थानमा पूर्ति गर्दै जाने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .