प्रेमिकासँगको गोप्य भिडिओ सार्वजनिक गरिदिने भन्दै बार्गेनिङ गरेको आरोपमा एकजना पक्राउ
सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ शान्तपूर्व मार्ग बस्ने वर्ष २४ को आयुष अधिकारी रहेका छन्।
सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडिओ सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरुपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी धम्की दिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
अधिकारीलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा चैत २६ गते पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट चार दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोले जनाएको छ।

प्रतिक्रिया