पाल्पा सदरमुकाम तानसेनमा जारी दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ। बुधबार साँझ वर्षासहितको हावाहुरीले महोत्सवको मञ्च भत्किँदा प्रभावित भएको हो।
बुधबार साँझ कार्यक्रम चलिरहँदा वर्षासँगै हावाहुरी चलेपछि भागदौडसमेत भएको थियो। बुधबार प्रभावित सांस्कृतिक कार्यक्रमलाई आज बिहीबारलाई सारिएको थियो। तर बुधबार मध्यराति पुन: हावाहुरी आउँदा स्टेज, स्टल, प्रवेशद्वारा सबै भत्किएको आयोजकले जनाएको छ।
हावाहुरीका कारण महोत्सव स्थलमा मात्रै करोडौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति भएकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने तयारी आयोजक तानसेन नगरपालिकाले गरेको छ। महोत्सव यही चैत २२ गतेदेखि सुरु भएको थियो। महोत्सव वैशाख ३ गतेसम्मका लागि तय भएको थियो।
Shares

प्रतिक्रिया