समाज


चाइना साउदर्नले काठमाडौँ-ग्वान्‍झाउमा रात्रिकालीन उडान पुनः सुरु गर्ने

चाइना साउदर्नले काठमाडौँ-ग्वान्‍झाउमा रात्रिकालीन उडान पुनः सुरु गर्ने

नेपालखबर
चैत २८, २०८१ बिहिबार १७:२०, काठमाडौँ

चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल-चीन उडान सेवा विस्तार गर्ने भएको छ। एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ-ग्वान्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। 

कम्पनीका अनुसार काठमाडौँ–ग्वान्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ। साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ। जसअनुसार अब काठमाडौँ ग्वान्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ। 

'अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ। साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्', कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ। काठमाडौँ–ग्वान्झाउतर्फ करिब ४५ हजार सिट र ग्वान्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन्। कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वान्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वान्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव नौले बढी हो।

उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्‍याउने एयरलाइन्सको अपेक्षा छ। 

'यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवर्द्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ। यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ', कम्पनीले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad