सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल खड्कबहादुर राना अख्तियारको फन्दामा परेका छन्। नगर विकास समितिको कार्यालयले आर्थिक वर्ष ०७६/०७७ देखि चालु आर्थिक वर्षसम्म संकलन गरेको राजस्व हिनामिना गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अख्तियार सुर्खेतको कार्यालयबाट खटिएको टोलीले समितिको कार्यालयबाटै सम्बन्धित कागजातसहित नियन्त्रणमा लिएको जानकारी दिए।
त्यसअघि अख्तियारको टोलीले नगर विकास समितिमा छापा मारेको थियो। अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले आज बिहान कार्यालयमा छापा मारेको हो।
रानाले समितिको करोडौं राजस्व हिनामिना गरेको उजुरी परेको थियो।
141
Shares

प्रतिक्रिया