ad ad

समाज


प्रदेश २ लाईसमेत लक्षित गरेर हेटौँडामा कोरोना परीक्षण सुरु

प्रदेश २ लाईसमेत लक्षित गरेर हेटौँडामा कोरोना परीक्षण सुरु

नेपालखबर
चैत १७, २०७६ सोमबार ३:१०,

आज (सोमबार) देखि बागमती प्रदेशको राजधानी हेटौँडामा पनि कोरोना भाइरसको परीक्षण सुरु हुँदै छ।

हेटौँडास्थित किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालामा कोरोना परीक्षण सुरु गर्न लागिएको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।

कोरोना परीक्षणाको लागि केन्द्रलाई व्यवस्थित बनाइएको छ।

केन्द्रमै शंकास्पद बिरामीको स्वाब सङ्कलन गरेर परीक्षण गर्ने र सङ्क्रमित पाइएमा उपचारका लागि व्यवस्था गरिने मन्त्री दुलालले जानकारी दिए।

प्रदेश का २ का विभिन्न जिल्लालाई समेत पायक पर्ने गरी हेटौँडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको हो।

सङ्क्रमितलाई राख्नका लागि प्रदेश सरकारले आइसीयूसहितको ३ सय आइसोलेसन कक्ष निर्माण गरिसकेको मन्त्री दुलालले बताए।

‘सबै आइसोलेसन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिसकेका छौँ,’ मन्त्री दुलालले भने।

प्रदेशमा भएका १३ मध्ये काठमाडौँबाहेक सबै जिल्लामा आइसोलेसन कक्ष तयार भइसकेका उनले बताए।

नुवाकोटमा १०, रसुवामा २०, धादिङमा सात, चितवनको भरतपुर अस्पतालमा २० र गुञ्जनगरमा २० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको छ।

मकवानपुरमा सघन उपचारकक्षसहित ३५ शय्याको आइसोलेसन तयार भइसकेको छ भने ७० शय्या तयार हुँदै छ।

मन्त्री दुलालका अनुसार सिन्धुलीमा पाँच शय्या तयार भइसकेको र पाँच तयार हुँदै छ। रामेछापमा निजी क्षेत्रसँगको साझेदारीमा २० शय्याको आइसोलेसन तयार भएको छ।

त्यसैगरी दोलखामा १७, सिन्धुपाल्चोकमा १७, भक्तपुरमा २१, काभ्रेमा २० शय्याको आइसोलेशन तयार गरिएको छ।

प्रदेशअन्तर्गतका अस्पतालमा इन्फ्रारेड थर्मोमिटर तुरुन्तै खरिद गरी स्वास्थ्य निर्देशनालयमार्फत पहिलै पठाइसकिएको प्रदेश सरकारले जनाएको छ।

त्यस्तै प्रदेशस्तरीय र्‍यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचारप्रसार, सूचना सञ्चारका गतिविधिको सञ्चालन भइरहेको मन्त्री दुलालले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .