ad ad

समाज


बुटवल कोरोना अस्पतालमा थपिए एकै दिन ५ बिरामी, धेरैजसो भारतबाट भित्रिएका

बुटवल कोरोना अस्पतालमा थपिए एकै दिन ५ बिरामी, धेरैजसो भारतबाट भित्रिएका

नेपालखबर
चैत १७, २०७६ सोमबार ३:१,

रूपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा एकै दिन ५ बिरामी थपिएका छन्।

अस्पतालका फोकल पर्सन सुदर्शन थापाका अनुसार आइतबार एकै दिन कोरोना लक्षणका ५ बिरामी भर्ना भएका हुन्। योसमेत गरेर अहिले अस्पतालमा बिरामीको संख्या ६ पुगेको छ।

‘एक जना पहिलेदेखि थिए,’ सोमबार बिहान नेपालखबरसँग टेलिफोनमा कुरा गर्दै फोकल पर्सन थापाले भने, ‘आइतबार फेरि ५ जना भर्ना भएका छन्।’

६ बिरामीमध्ये ४ पुरुष र २ महिला रहेको उनले जानकारी दिए।

उनका अनुसार सबैमा कोरोना भाइरसका लक्षणसँग मिल्ने ज्वरो र खोकी छ।

तीमध्ये पुराना १ जनाको स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाइसकिएको छ भने आइतबार भर्ना भएका ५ जनाको नमुना पनि पठाउने तयारी भइरहेको छ।

‘धरैजसो बिरामी भारतबाट आएकाहरू छन्,’ फोकल पर्सन थापाले भने, ‘केही अन्य देशबाट आएका पनि छन्।’

याे पनि : 

बुटवलमा मृत्यु भएका युवक कोरोना संक्रमित थिए कि थिएनन्? आज निश्चित हुँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .