ad ad

समाज


सप्तरीमा अलपत्र परेका पचास श्रमिकको उद्धार

सप्तरीमा अलपत्र परेका पचास श्रमिकको उद्धार

नेपालखबर
चैत १७, २०७६ सोमबार ३:२३,

सप्तरीको पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा अलपत्र परेका ५० जना श्रमिकको उद्धार गरिएको छ।

‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने श्रमिकको उद्धार गरी आआफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईँले जानकारी दिए।

कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गएको एक सातादेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात सेवा नपाउँदा श्रमिक अलपत्र परेका थिए।

मोरङ, सुनसरी र सप्तरीका विभिन्न कारखानामा कार्यरत मजदूर यातायात नपाउँदा पैदलै हिँडेरसमेत घर गएका छन्।

अलपत्र श्रमिकलाई विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सडकमा पैदल हिँंडिरहेका श्रमिकलाई खाजा खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।

प्रनाउ भारतीका अनुसार उद्धार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चारचार जनालाई आइतबार आआफ्नो गृह जिल्ला पठाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .