ad ad

समाज


कहाँ छन् संक्रमितसँगै दुई जहाजमा आएका १७० यात्रु?

कहाँ छन् संक्रमितसँगै दुई जहाजमा आएका १७० यात्रु?

उजिर कार्की
चैत १६, २०७६ आइतबार १५:५४,

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। संक्रमित पाँचै जना विदेशबाट फर्किएका हुन्।

उनीहरुमा संक्रमण भेटिएपछि सरकारले उनीहरुसँगै फर्किएका यात्रुमाथि निगरानी बढाएको छ।

ति यात्रुहरुको पहिचान गरेर खोजी गर्न नेपाल प्रहरीलाई जिम्मा दिइएको थियो। प्रहरीले स्थानीय प्रशासनसँग समन्वय गरेर निगरानीमा राख्ने भनिएको थियो। तर अहिलेसम्म पनि १ सय ७० जना यात्रु पत्ता लाग्न नसकेका प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए।

उनका अनुसार कतारबाट फर्किएका १ सय ३४ जना मात्रै पत्ता लागेका छन्। एयर अरेविया मार्फत युएईबाट फर्किएका २२ जना मात्रै प्रहरीको सम्पर्कमा रहेको प्रवक्ता जोशीले बताए। कतारबाट आएको जहाजमा १ सय ५८ जना र युएईबाट आएको जहाजमा एक सय ७० जना थिए।

उनीहरुको खोजी जारी राखेको भएपनि पासपोर्टको आधारमा मात्रै पत्ता लगाउन समय लागेको प्रहरीले जनाएको छ।

‘पासपोर्टमा ठेगाना झापा लेखिएको छ, झापा गएर सोध्दा उसले गाउँ छाडिसकेको भन्छन्,’ प्रवक्ता जोशीले भने, ‘फेरि अर्को ठाउँमा खोज्नु पर्यो। यसरी समय लागिरहेको छ।’

एयर अरेवियामा फर्किएका यात्रुको विवरण प्रहरीले शुक्रबार अवेर मात्रै पाएको थियो। दुई दिनमा २२ जना पत्ता लागेका छन्। केही सम्पर्कमा आएको र केही खोज्दै जाँदा उनीहरुको ठेगानामा भेटिएको प्रहरीको भनाई छ।

यसरी संक्रमित भेटिएकासँगै फर्किएकाहरुलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्ने भनिएको छ। तर कतिपय सेल्फ क्वारेन्टिनमा समेत नबसी परिवारसँगै बसेको पाइएको छ।

सम्पर्कमा नरहेका व्यक्तिहरुलाई सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ।

प्रवक्ता जोशीले आग्रह गरे, ‘हामी विश्वव्यापि महामारीसँग लडिरहेका छौं, यसमा नागरिकले पनि सहयोग गर्नु पर्यो। विदेशबाट आएकाहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .