देशभर तापक्रम बढ्दो छ। पानी पर्न नसक्दा र दिनभर घाम चर्किंदा गर्मी बढेको छ।
चिसो मानिने मुस्ताङ, जुम्लाजस्ता हिमाली जिल्लामा समेत अधिकतम तापक्रम २० डिग्री सेल्सियस माथि पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाकाा अनुसार आइतबार मुस्ताङको जोमसोममा अधिकतम तापक्रम २० डिग्री सेल्सियस छ भने जुम्लामा २३.८ डिग्री सेल्सियस छ। यी स्थानमा आज न्यूनतम तापक्रम भने क्रमशः ६ र ३.८ डिग्री सेल्सियस छन्।
मौसम महाशाखाको सूचीमा आइतबार सबैभन्दा बढी अधिकतम तापक्रम भैरहवामा ३८.२ डिग्री सेल्सियस छ भने यहाँको न्यूनतम तापक्रमचाहिँ १८.२ डिग्री सेल्सियस छ।
आज सबैभन्दा बढी न्यूनतम तापक्रम धरानमा २२.४ डिग्री सेल्सियस छ।
महाशाखका अनुसार आज काठमाडौँ उपत्यकामा भने अधिकतम २८.२ तथा न्यूनतम तापक्रम १२.८ डिग्री सेल्सियस छ।
हेर्नुहोस् देशका २१ स्टेसनको तापक्रम विवरण:


मौसमविद्का अनुसार न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
Shares

प्रतिक्रिया