राजनीति


वैशाख १५ भित्र जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा

वैशाख १५ भित्र जनमत र नागरिक उन्मुक्तिबीच पार्टी एकताको घोषणा

सागर न्यौपाने
चैत २४, २०८१ आइतबार १९:५७, काठमाडौँ

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १५ भित्र पार्टी एकता घोषणा हुने भएको छ। 

आइतार बर्दियाको मधुवनमा बसेको पार्टी एकता कार्यदलको बैठकले एकतापछिको पार्टीको  नाम, चुनाव चिह्न र पदाधिकारी लगायतका विषयमा सहमति गरेपछि एकता घोषणा बैशाख १५ भित्र गर्ने वातावरण बनेको हो। 

कार्यदलका सदस्य एवं कैलालीको टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले छलफलमा विभिन्न ९ विषयमध्य धैरैमा सहमति जुटेको र केहीमा बाँकी रहेकाले त्यो टुंगिएपछि पार्टी एकताको घोषणा हुने बताए। 

‘९ वटा बुँदामध्य केही टुंगिन बाँकी छ, त्यो टुंगियो भने हामीले सबै विषय औपचारिक रुपले सार्वजनिक गर्छौं,’ उनले नेपालखबरसँग भने।

चौधरीका अनुसार एकतापछि पार्टीको नाम नागरिक जनमत रहने छ भने चुनाव चिह्न ढकिया रहने र पार्टीको झण्डा कलेजी रङगमा ढकिया हुनेछ।

त्यस्तै संरक्षक रेशम चौधरी र अध्यक्ष सीके राउत हुने भए पनि रन्जिता श्रेष्ठको विषयमा भने सहमति हुन बाँकी छ।

‘१ नम्बर वरीयतामा हाम्रो संरक्षकज्यू रहने, दोस्रोमा जनमत पार्टीका अधयक्ष सिके राउत र तेस्रोमा रन्जिताको कुरा छ,’ चौधरीले भने, ‘दुवै पार्टीका अध्यक्षलाई एउटै वरीयतामा राख्ने कि दोस्रो, तेस्रो कसरी राख्ने भन्ने टुंगिएको छैन। यसमा छलफल चलिराखेको छ। हामी आगामी बैठकमा टुंग्याउँछौं।’ 

यो विषयलाई चाँडै टुंग्याएर वैशाख १५ भित्र पार्टी एकताको औपचारिक घोषणा गर्नेबारेमा भने सहमति भइसकेको उनको भनाइ छ।

चौधरीले भने, ‘वैशाख १५ गतेभित्र पार्टी एकता औपचारिक रुपमा घोषणा गरेर जाने भन्नेचाहिँ अगाडि बढिसकेको छ।’ 

२०७५ सालमा गठन भएको राउत नेतृत्वको जनमत र डिल्लीबजार कारागारमै छँदा रेशम चौधरीले २०७८ सालमा श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नाउपाबीच छिट्टै एकता गर्ने तय भएको हो।

प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन्। यस्तै, नाउपाका ४ जना छन्। एकतापछि नयाँ पार्टी प्रतिनिधिसभामा १० सिटको पार्टी हुनेछ।

नाउपाका संरक्षक चौधरी आफैँ एकताका लागि छलफलमा थिए। दुई महिनाभन्दा बढी समयदेखि जनमतसँग उनको पटकपटक छलफल भएको थियो।

स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए। 

यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो। जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए।

पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो। 

उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बन्यो। प्रत्यक्षमा राउतले जितेका थिए। बाँकी ५ सांसद समानुपातिकतर्फका हुन्। मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad