कारोबार


६ खर्ब नाघ्यो नेपालमा विश्व बैंकको ऋण, कुन देशलाई तिर्ने रकम कति?

६ खर्ब नाघ्यो नेपालमा विश्व बैंकको ऋण, कुन देशलाई तिर्ने रकम कति?

नेपालखबर
चैत २४, २०८१ आइतबार १८:१५, काठमाडौँ

नेपालमा विश्व बैंकको ऋण ६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। विश्व बैंक नेपालको सबैभन्दा ठूलो सहयोगदाता हो। 

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा बैंकको ऋण हिस्सा हरेक वर्ष बढिरहेको छ। 

आर्थिक वर्ष २०७९/०८० मा ५ खर्ब ८० अर्ब रुपैयाँ रहेको ऋण ०८०/०८१ को अन्त्यसम्म ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा मात्रै ५६ अर्बले बढेको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ६७ अर्ब रुपैयाँ छ। यसमा कुल ४१.१ प्रतिशत ऋण छ। कुलमध्ये १०.३ प्रतिशत विश्व बैंककै ऋण छ। अर्थात् नेपालले विश्व बैंकसँग मात्रै एक चौथाइ ऋण लिएको छ। 

सरकारले आफ्नो स्रोतबाट खर्च धान्न नसकेर पूर्वाधार विकासलगायतका काम गर्न आन्तरिक र वैदेशिक ऋण लिँदै आएको छ। 

चालू आर्थिक वर्षको ६ महिनासम्म नेपालको कुल ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको थियो। त्यसमा वैदेशिक ऋणको हिस्सा बढी छ।

आन्तरिक ऋणको हिस्सा १२ खर्ब ३४ अर्ब रुपैयाँ हुँदा वैदेशिक ऋण १३ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। 

बहुराष्ट्रिय ऋणमध्ये विश्व बैंकपछि एसियाली विकास बैंक (एडीबी)को धेरै छ। एडीबीको ऋण ४ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७९/०८० मा ३ खर्ब ७० अर्ब रुपैयाँ ऋण रहेकोमा ०८०/०८१ मा ४ खर्ब ६ अर्ब रुपैयाँ थियो। चालू आर्थिक वर्षको ६ महिनामा १८ अर्ब रुपैयाँले ऋण बढेको छ। 

तेस्रो बहुराष्ट्रिय साझेदार अन्तर्राष्ट्रिय मुद्रा कोषसँग नेपालले गत पुससम्म ६२ अर्ब रुपैयाँ ऋण लिइसकेको छ। 

त्यसैगरी नेपालको द्विपक्षीय ऋण १ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। त्यसमा भारतलाई तिर्नुपर्ने सबैभन्दा बढी ३९ अर्ब छ भने चीनलाई तिर्नुपर्ने ३५ अर्ब रुपैयाँ छ। यसबाहेक अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, फ्रान्सलगायतको पेरिस क्लब राष्ट्रलाई नेपालले तिर्नुपर्ने रकम कुल ५९ अर्ब रुपैयाँ पुगेको छ। 

बाह्यबाहेक नेपालले ट्रेजरी बिल्सबाट ३ खर्ब ५२ अर्ब, डेभलपमेन्ट बन्ड्सबाट ८ खर्ब ६४ अर्ब रुपैयाँ र अन्य शीर्षकमा १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad