समाज


बार एसोसिएसनको नयाँ नेतृत्वलाई वैशाख ६ गते पदभार हस्तान्तरण गरिने

बार एसोसिएसनको नयाँ नेतृत्वलाई वैशाख ६ गते पदभार हस्तान्तरण गरिने

फाइल तस्बिर: बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनाल


नेपालखबर
चैत २४, २०८१ आइतबार १४:५२, काठमाडौँ

कानुन व्यवसायीहरूको पेसागत संगठन नेपाल बार एसोसिएसनको वर्तमान केन्द्रीय कार्यसमितिले आउने वैशाख ६ गते नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण गर्ने भएको छ।

बार एसोसिएसनको नयाँ कार्यसमिति चयन गर्न शनिबार चुनाव भएको छ।

अहिले काठमाडौँ उपत्यका र बाहिर गरी ३६ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने क्रम जारी छ। आज रातिसम्म सबै मतपेटिका आइपुग्ने र सोमबार मतगणना सुरु गरिने बार चुनावका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बताएका छन्। 

यसैबीच नेपाल बार एसोसिएसनको वर्तमान केन्द्रीय कार्यसमितिले सूचना जारी गरी वैशाख ६ गते आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभा र पदभार हस्तान्तरण कार्यक्रम गर्ने जानकारी गराएको हो।

बारका महासचिव अधिवक्ता अन्जिता खनालले जारी गरेको सूचनाअनुसार वैशाख ६ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजे साधारण सभा सुरु गरिनेछ। 

कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा छलफल हुनेछ। 

सोही अवसरमा नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिले अब निर्वाचित हुने २७औँ कार्यसमितिलाई पदभार हस्तान्तरण पनि गरिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad