समाज


चैत २४ को राशिफल: मेष आफूले गरेको कामबाट आफैँ सन्तुष्ट नहुने, रोकिएका काम सुरु हुँदा मिथुन प्रसन्न रहने, तपाईँको के?

चैत २४ को राशिफल: मेष आफूले गरेको कामबाट आफैँ सन्तुष्ट नहुने, रोकिएका काम सुरु हुँदा मिथुन प्रसन्न रहने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत २४, २०८१ आइतबार ४:३७, काठमाडौँ

आज आइतबार, २४ चैत २०८१ (६ अप्रिल २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आज आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि नहोला। मनमा दुबिधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। आर्थिक कारोबारमा मन्दी आउनेछ। आर्थिक कारोबारमा विवाद आउनसक्छ। भाग्यशाली रङ हरियो, अंक १, प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान शंकरजीको दर्शन गर्ने र कालो रङको प्रयोग नगर्ने।

वृष: आज शुभ कार्य, कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। गोपनीय ढंगले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ। भाग्यशाली रङ निलो, अंक ७, प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने र सजिलै अरुको विश्वास नगर्ने।

मिथुन: आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।खानपिन र स्वास्थ्यप्रति सावधानी रहन आवश्यक छ। भाग्यशाली रङ खैरो, अंक ४, प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने र भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट: आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ। भाग्यशाली रङ पर्पल, अंक ६, प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने र छल कपट नगर्ने।

सिंह: आज महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मनमा निराशा र शरीरमा आलस्य आउला। बोल्दा वा ठट्टा गर्दा स्कता अपनाउनु नै उचित होला। वैदेशिक कार्य अघि बढ्नेछ। भाग्यशाली रङ पहेँलो, अंक ९, प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने र तामसीक भोजन नगर्ने।

कन्या: आज दैनिक कार्यमा सफलता पाइनेछ। विवेकको प्रयोग गर्न सके बढी सकारात्मक दिन बनाउन सकिनेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्। भाग्यशाली रङ खैरो, अंक २, प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने र भरिसक्के लामो यात्रा नगर्ने।

तुला: आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। भाग्यशाली रङ सेतो, अंक १, प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षारोपण गर्ने र उत् दिशा नजाने।

वृश्चिक: आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आज लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। बजारको यात्रा हुनेछ। साँझमा भने कलहको योग भएकाले कसैसँग भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ। भाग्यशाली रङ गुलाबी, अंक ८, प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने र छल कपट नगर्ने।

धनु: आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्। सामाजिक कार्यबाट सफलता मिल्नेछ। भाग्यशाली रङ रातो, अंक २, प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने र झुट नबोल्ने।

मकर: महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ, यात्राको क्रममा सचेत रहनु पर्छ। दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने समय पनि छ। भाग्यशाली रङ रातो, अंक ५, प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने र सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: मान सम्मान बढ्नुका साथै शरीर पनि स्वस्थ नै रहनेछ। रमणीय र सुखद् यात्राको योग छन्। सफल यात्राको योग छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। भाग्यशाली रङ आकाशे, अंक ७, प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने र निलो रङको प्रयोग नगर्ने।

मीन: आज दक्षिणा हात पर्न सक्छ। नयाँ कार्यको योजना बन्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्यको ख्याल गर्नु पर्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। भाग्यशाली रङ सेतो, अंक ४८, प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने र खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad