समाज


बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न धमाधम मतदान

बार एसोसिएसनको नयाँ नेतृत्व चयन गर्न धमाधम मतदान

दाङ जिल्ला बार एसोसिएसनको कार्यालयमा जारी मतदान। तस्बिरः कुलदीप न्यौपाने/रासस


नेपालखबर
चैत २३, २०८१ शनिबार १०:२३, काठमाडौँ

नेपाल बार एसोसिएसनको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न आज चुनाव भइरहेको छ। 

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बिहान ८ बजेदेखि मतदान जारी छ। मतदात अपराह्न ४ बजेसम्म चल्नेछ।

बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ उम्मेदवार छन्। 

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नयाँ कार्यसमिति छनोट गर्न ९ हजार ९ सय ५७ मतदाता छन्।

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ।

मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा छन्।

काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा छ।

यो केन्द्रमा करिब ६ हजार मतदाता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad