समाज


रविलाई भोलि बिहान जहाजमा भैरहवा लगिने

रविलाई भोलि बिहान जहाजमा भैरहवा लगिने

नेपालखबर
चैत २२, २०८१ शुक्रबार २२:२२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शनिबार बिहान मात्रै भैरहवा लगिने भएको छ। अहिले भैरहवाका लागि उडान नरहेकाले आज काठमाडौँ प्रहरीकै हिरासतमा राखेर भोलि बिहान मात्रै पठाउने तयारी भएको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार मात्रै उनलाई एक लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो।

न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रवको आदेश बदर र जोशीको आदेश सदर गर्दा दुवै जना कारागारमा रहने भएका हुन्।
आदेश लगतै प्रहरी उनलाई पक्राउ गर्न काठमाडौँस्थित निवासमा पुगेको थियो।

निवासबाटै उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिने भएको हो। यसअघि स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका क्रममा पनि उनलाई काठमाडौँ परिसरकै हिरासतमा राखिएको छ। 

यसअघि रवि चार वटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका थिए।

ती चारवटै आदेशविरुद्ध उनी र सरकारी वकिल पनि उच्च अदालतमा गएका छन्। तर अब उनी उच्चको आदेशविरुद्ध थुनामै बसेर सर्वोच्च जान सक्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad