समाज


चितवनको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते

चितवनको माडीमा बस दुर्घटना हुँदा १२ जना घाइते

नेपालखबर
चैत २२, २०८१ शुक्रबार २१:२४, चितवन

यहाँको माडीमा बस दुर्घटना हुँदा बाह्र जना घाइते भएका छन्। भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना६ख ९३६६ नम्बरको बस आज दिउँसो माडी नगरपालिका–१ वनकट्टामा दुर्घटना भएको हो।

सो बसमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार बस  अनियन्त्रित भई रुखमा ठोक्किएको हो। घाइते सबैको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये दुई जना सामान्य उपचार गरी घर फर्किएका छन् भने अन्यको उपचार भइरहेको उनले जानकारी दिए। घाइते सबै खतरामुक्त रहेको कार्यालयले जनाएको छ। बस चालक फरार रहेकाले खोजी जारी रहेको उनले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad