समाज


अपहरणमा परेकी ७ वर्षीया बालिकाको २४ घण्टापछि उद्धार, युवक पक्राउ

अपहरणमा परेकी ७ वर्षीया बालिकाको २४ घण्टापछि उद्धार, युवक पक्राउ

नेपालखबर
चैत २२, २०८१ शुक्रबार ११:४६, काठमाडौँ

सुनसरी प्रहरीले बालिका अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ परेको छ। 

अपहरणमा परेकी सात वर्षीया बालिकालाई पूर्वपश्चिम राजमार्गमा पर्ने सुनसरीको कोसी व्यारेजस्थित २६ नम्बर ढोकाको पुलमाथीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। 

डीएसपी खतिवडाका अनुसार पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर गाउँपालिका–१२ धरमपुर घर भएका जितेन्द्र साह (हलुवाई) रहेका छन्।

यही चैत २० गते साहको अपहरणमा परेकी कोसी गाउँपालिका ७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी ७ वर्षीय छोरी ईशु सदालाई २४ घण्टापछि अपहरण मुक्त गरिएको प्रहरीले जनाएको छ। 

साहले बालिकालाई सुनसरीको कोसी गाउँपालिका –७ स्थित उनकै घरबाट अपहरण गरेको खुलेको छ। बालिकालाई लिएर उनी अटो रिक्सामा कोसी व्यारेज पुगेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।  

आरोपी साह भारतको रानीगञ्ज बस्दै आएका थिए।  

बालिकाको परिवारसँग उनको चिनजान रहेको आधारमा उनले बालिकालाई फ्रुटी खान दिएर आफूसँगै लिएर गएको खुलेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी खतिवडाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad