समाज


प्रदूषण उच्च भएपछि वातावरण मन्त्रालयको प्रस्ताव: हप्तामा दुई दिन बिदा, जोरबिजोर यातायात

प्रदूषण उच्च भएपछि वातावरण मन्त्रालयको प्रस्ताव: हप्तामा दुई दिन बिदा, जोरबिजोर यातायात

नेपालखबर
चैत २१, २०८१ बिहिबार १७:४९, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन्। शहरी विकास मन्त्रालयमा आज विज्ञसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका हुन्। 

उनले अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेले रहेको पनि जिकिर गरे। उनले छिटै सरकारले यस विषयमा निर्णय लिने बताए। 

छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरे। 

त्यसो त विज्ञहरुले पनि प्रदूषणको प्रमुख कारण सवारी साधन रहेको दाबी गर्दै केहिदिन चाप कम गर्नुपर्ने सुझाव दिए। 

वातावरण विज्ञ भूषण तुलाधरले वायु गुणस्तर योजना बनाउनुपर्नेमा जोड दिए। 

डढेलो विज्ञ शुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव दिए। 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए। 

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने सार्वजनिक सवारी साधनले नभएर करिब २ लाख निजी मोटर साइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारी साधनलाई प्राथामिकता दिनुपर्ने बताए। 

छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad