समाज


निजी मेडिकल कलेजका २ हजारभन्दा बढी आवासीय चिकित्सक काम छाडेर धर्नामा

निजी मेडिकल कलेजका २ हजारभन्दा बढी आवासीय चिकित्सक काम छाडेर धर्नामा

नेपालखबर
चैत २१, २०८१ बिहिबार १४:९, काठमाडौँ

निजी मेडिकल कलेजका आवासीय चिकित्सकले आज (चैत २१ गते) देखि सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने चिकित्सकले आठौँ तह बराबरको निर्वाह भत्ता नपाएको भन्दै आजदेखि काम छाडेका हुन्।

यसअघि स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले तोकिएको निर्वाह भत्ता प्रदान गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।

तर अल्टिमेटमभित्र पनि निर्वाह भत्ता नपाएपछि संघर्ष समितिले देशभरका १७ वटा निजी मेडिकल कलेजमा एमडी, एमएस, एमडीएस गर्ने आवासीय चिकित्सकले माग पूरा नभएसम्मका लागि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गर्ने जानकारी विज्ञप्तिमार्फत दिएको हो। 

समितिका अध्यक्ष डा. शेषराज घिमिरेले चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले गरेको निर्णयबमोजिम आठौँ तह बराबरको निर्वाह भत्ता नपाएपछि आवासीय चिकित्सक सेवा बहिष्कार गर्न बाध्य भएको बताएका छन्।

अध्यक्ष घिमिरेका अनुसार आजदेखि झन्डै २५ सय चिकित्सकले सेवा बहिष्कार गरेका छन्।

स्नातकोत्तर गर्ने पहिलो, दोस्रो र तेस्रो वर्षका आवासीय चिकित्सकले आकस्मिकबाहेक सेवा छाडेर अस्पताल परिसरमा धर्ना दिएका छन्।

चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई  ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको थियो।

आयोगको निर्णयपछि काठमाडौँ विश्वविद्यालयले आफूमातहतका मेडिकल कलेजलाई निर्वाह भत्ता दिन निर्देशन दिएको थियो।

तर निजी मेडिकल कलेज सञ्चालकले भने आवासीय चिकित्सकलाई निर्वाह भत्ता नबढाउने अडान लिएका छन्।

यसपछि चिकित्सा शिक्षा आयोगले यस वर्ष १७ वटा कलेजको स्नातकोत्तर तहको सिट कटौती गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad