समाज


त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी

नेपालखबर
चैत २१, २०८१ बिहिबार ११:१४, काठमाडौँ

काठमाडौँको त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन्।

सबै वामपन्थी दल निकटका विद्यार्थी संगठनको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष, सचिव र काेषाध्यक्षसहितकाे पदमा नेविसंघका उम्मेदवार विजयी भएका हुन्।

त्रिचन्द्रको स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्ष दुष्यन्त गौतम (थोमस) विजयी भएका छन्। 

त्रिचन्द्र क्यामपस स्ववियु निर्वाचनमा २ हजार ६७१ मत खसेकाे थियाे।

काेइराला १ हजार २१५ मत ल्याएर अध्यक्षमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत पाएका छन्। त्यसैगरि अखिलकाे गठबन्धनबाट प्रमित बिष्टले ४३१ मत पाएका छन्।

सचिवमा विजयी हुने गिरीले  ८५६ मत पाउँदा स्वतन्त्रबाट गौरब पाण्डेले ५८७ मत पाएका निर्वाचन समितिले जनाएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad