बागमती


प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आउन लागेपछि काठमाडौँ महानगरपालिकामा प्रहरी तैनाथ

प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आउन लागेपछि काठमाडौँ महानगरपालिकामा प्रहरी तैनाथ

बिहीबार बिहान काठमाडौँ महानगरपालिका परिसरमा तैनाथ नगर प्रहरी। तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २१, २०८१ बिहिबार ११:३७, काठमाडौँ

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर हुन आउन लागेपछि काठमाडौँ महानगरपालिका परिसरमा प्रहरीले तैनाथ गरिएको छ।

प्रक्रिया पूरा नगरी नक्सा पार गरेको आरोप लगाउँदै महानगरपालिकाले छानबिन गरेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आज कार्यालय आउने तयारी गरेपछि रोक्न महानगर प्रहरी तैनाथ गरिएको हो।

उनलाई पुन: हाजिर हुन नदिने अडानमा मेयर बालेन्द्र शाह बालेन रहे पनि केन्द्रीय सरकारले भने उनैलाई काम गर्न दिनुपर्ने जिकिर गरिरहेको छ। 

मेयर बालेनकै अडानका कारण प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको काठमाडौँ महानगरपालिकाका कर्मचारीले ५ महिनादेखि तलब पाउन सकेका छैनन्।  

कर्मचारीहरू भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई नै ल्याउनुपर्ने पक्षमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad