राष्ट्रपति रामचन्द्र पौडेलसँग वरिष्ठ कलाकार द्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सुशासन, चुस्त सेवाप्रवाह र भ्रष्टाचार अन्त्यका लागि अभिभावकका हैसियतले राजनीतिक दलका नेताहरुलाई घचघच्याउन आग्रह गरेका छन् ।
भेटपछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको विश्वास कायमै रहेको बताए ।
तर, राजनीतिक दलका नेताहरुको गलत क्रियाकलापप्रति जनताको असन्तुष्टि रहेको हुनाले राजनीतिक नेतृत्वलाई राष्ट्रपतिज्यूले सुधारका लागि घचघच्याउन आफूहरुले सुझाव दिएको जानकारी दिए ।
'देश बिग्रेको होइन, बनिरहेको छ तर सुशासन पटक्कै भएन, विचौलियाले जनता मारमा परे। राष्ट्रपतिज्यूले यसमा सम्बद्ध सबैलाई घचघच्याइ दिनुपर्यो’, उनीहरूले भने।
उनीहरुले राष्ट्रपतिसँग थप भने, 'अरुलाई कसैलाई मन पराएका होइनन्, लोकतन्त्र भित्रै सुधार हुनुपर्यो भन्ने जनताको असन्तुष्टि हो, त्यसैले यसभित्रै सुधारका लागि पहल गर्न आवश्यक छ।'
Shares

प्रतिक्रिया