चैत १५ गते राजावादीको प्रदर्शनक क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको दाहसंस्कार गरिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेसँगै काठमाडौँको क्षेत्रपाटीनजिकैको ढल्कोमा अन्तिम दाहसंस्कार गरिएको हो।
अन्त्येष्टिमा परिवारका सदस्यसँगै उनका शुभचिन्तक, पत्रकारहरू पुगेका थिए। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर उनलाई गोली नलागेको पहिचान भएसँगै आजै पोस्टमार्टम गरिएको थियो।
रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए। एक्सरे गर्दा गोली लागेको नदेखिएको र मृत्युको कारण श्वास नलीमा धुवाँ देखिएको चिकित्सकहरूले पुष्टि गरेका थिए। त्यसपछि अस्पतालले परिवारलाई शव बुझाएको थियो।
आजै पत्रकार रजकको परिवारलाई सरकारले १० लाख रुपैँया दिने निर्णय पनि गरेको छ। चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा परेर उनीसहित दुई जनाले ज्यान गुमाएका थिए।









Shares

प्रतिक्रिया