समाज


अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षक (तस्बिरहरू)

अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षक (तस्बिरहरू)

सौगात दाहाल
चैत २०, २०८१ बुधबार १६:२६, काठमाडौँ

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। विद्यालय शिक्षा ऐन जारी गर्ने माग राखेर शिक्षकहरूले आजदेखि सडक आन्दोलन सुरु गरेका हुन्। 

शिक्षकहरू  माइतीघर मण्डलामा भेला भएर  बिजुली बजार पुल सम्म प्रदर्शन गरेका थिए। हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिन गत फागुन २४ गते शिक्षकहरूले काठमाडौं केन्द्रित प्रर्दशन गरेका थिए। तर हिउँदे अधिवेशन अन्त्य भइसकेको छ।  

आजदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आफ्ना माग पूरा नभएसम्म प्रर्दशन जारी राख्ने घोषणा गरेका छन्। 

एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने, सरकारले गर्ने कुनै कार्यक्रममा सहभागी नहुने, विद्यालयले लिएको कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने, नजिता प्रकाशन नगर्ने जनाएका छन्। 

उनीहरूले विद्यालय तहसम्मको अधिकार स्थानीय सरकार मातहत राख्न नहुने माग राखेका छन्। शिक्षकको दरबन्दी केन्द्र सरकारअन्तर्गत हुनु पर्ने र शिक्षकको १० बर्षमा आवधिक बढुवा हुनु पर्ने पनि उनीहरूको माग छ। 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad