निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरुले २४ घण्टाभित्र सरकारले तोकेबमोजिम निर्वाह भत्ता नदिए सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएका छन्।
स्वास्थ्यकर्मीमा लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आज एक विज्ञप्ति निकाल्दै एमडी, एमएस र एमडीएस गर्ने आवासीय चिकित्सकलाई तोकेबमोजिमको निर्वाह भत्ता दिन २४ घण्टाको समय दिएका हुन्।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर गर्ने आवासीय चिकित्सकलाई आठौँ तह बराबरको निर्वाह भत्ता दिने निर्णय गरेको थियो। तर निर्णयपछि पनि सो निर्वाह भत्ता नपाएको विज्ञप्तिमा उल्लेख छ।
आवासीय चिकित्सकको भत्ता बढाउने प्रधानमन्त्रीको निर्णय रद्दीको टोकरीमा, कलेज सञ्चालक भन्छन्- मान्दै मान्दैनौँ
भत्ता नबढाउने १७ निजी मेडिकल कलेजलाई आयोगले तोकेन विद्यार्थी
संघर्ष समितिले २४ घण्टाभित्र तोकेबमोजिमको निर्वाह भत्ता नदिए सम्पूर्ण सेवा बहिष्कार गर्ने जनाएको छ। संघर्ष समितिका अध्यक्ष डा. शेषराज घिमिरेले आवासीय चिकित्सकले सरकारले तोकेबमोजिमको निर्वाह भत्ता नपाएको बताए।
आयोगको १६ औँ बैठकमा प्रधानमन्त्रीले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने र त्यसो नभए सम्पूर्ण सेवा बहिष्कार गर्ने समितिले निर्णय गरेको उनको भनाइ छ।

निजी मेडिकल कलेज सञ्चालकहरुले सरकारले तोकेबमोजिमको आठौँ तहबराबरको पारिश्रमिक दिन नसक्ने जनाएपछि चिकित्सा शिक्षा आयोगले १७ वटा निजी मेडिकल कलेजको सिट कटौती गरेको छ। आगामी वैशाखदेखि सञ्चालन हुने एमडी एमएस र एमडीएसका लागि सरकारी र सामुदायिक कलेजहरुको मात्र म्याचिङ सुरु भएको छ।
निजी मेडिकल सञ्चालकहरुले सरकारले तोकेबमोजिमको निर्वाह भत्ता दिन नसक्ने जनाएपछि आयोगले सिट कटौती गरेको छ।
यता आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरेर पीजी पढ्ने तयारी गरेका चिकित्सकहरुले सिट कटौती नगर्न आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया