राजनीति


कुलमान र हितेन्द्रदेवको रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

कुलमान र हितेन्द्रदेवको रिट सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

नेपालखबर
चैत १९, २०८१ मंगलबार १७:९, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।  

रिटको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।  

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ।

आज मंगलबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। आज अन्य सबै निवेदन हेर्न नभ्याइनेमा राखेर घिसिङ र शाक्यको रिटमा केन्द्रित भएर सुनुवाइ गरिएको थियो। घिसिङ र शाक्यको  रिट यसअघि आइतबार पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।

आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए। कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

हितेन्द्रदेवले भने कुलमानको सुरु नियुक्ति नै गलत भएकाले उनको पदाधिकार हुन नसक्ने दाबी गरेका छन्। उनले चार वर्षअघि आफूले दायर गरेको रिटमा निर्णय नदिई हालको कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने जिकिर पनि लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad