समाज


संसद्‌मा धेरै गयल हुनेमा शेरबहादुर देउवा पनि

संसद्‌मा धेरै गयल हुनेमा शेरबहादुर देउवा पनि

नेपालखबर
चैत १९, २०८१ मंगलबार १४:४६, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबार हिउँदे अधिवेशनको अन्तिम बैठकमा सदनमा सबैभन्दा धेरै गयल हुनेहरूको नाम सार्वजनिक गरेका छन्। 

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ उपनियम १ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित भएका सांसदको नाम सार्वजनिक गरेका हुन्। 

सदनमा उपस्थित नहुनेहरूमा कांग्रेस सभापति शेरबहादुर देउवादेखि  आज निधन भएका राप्रपाका सांसद दीपक बोहरासम्म छन्।  

सबैभन्दा धेरै अनुपस्थित हुनेमा दुई सांसद छन्। सांसद मनोरमा शेरचन र गीता बस्नेत छन्। उनीहरू लगातार २७ दिन सांसदमा अनुपस्थित भएको सभामुख घिमिरेको भनाइ छ। 

शेरचन थेरापी चलिरहेको कारण र बस्नेत उपचारमा रहेकोले बैठकमा अनुपस्थित भएको सूचना सभामुखले पढेर सुनाए। 

त्यस्तै आज मंगलबार निधन भएका राप्रपाका सांसद दीपक बोहोरा पनि धेरै अनुपस्थित हुनेको सूचीमा छन्। सभामुख घिमिरेका अनुसार उनी २१ दिन सदनमा अनुपस्थित थिए।  

त्यस्तै लीलादेवी बोखिम लिम्बू १४ दिन सदनमा अनुपस्थित भएकी छन्। उनी पारिवारिक कामले बेलायत गएकोले सदनमा अनुपस्थित भएको बताइएको छ। 
 
त्यस्तै रमेश रिजाल १२ दिन संसद् नजाने सांसद हुन्। उनी वैदेशिक भ्रमणमा रहेकोले संसद्‌‌मा सहभागी नभएको घिमिरेले सुनाए। 

सांसद सरस्वती बजिमय ११ दिन संसद्‌‌मा अनुपस्थित रहिन्। विशेष कारणले देश बाहिर भएको बताइएको छ।  

कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा  पनि छन्। उनी लगातार ११ दिन संसद् बैठकमा अनुपस्थित भएका हुन्। उनी पार्टी काममा व्यस्त भएकोले बैठकमा अनुपस्थित भएको बताइएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad