समाज


भाटभटेनी लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

भाटभटेनी लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

नेपालखबर
चैत १७, २०८१ आइतबार १७:९, काठमाडौँ

चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटपाट गरेको सामानसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका ६ ढल्केवर घर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने आशिष सिंह (बरामद तीन लिटर मदिरा), सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भइ हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो (बरामद वियर), भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार (बरामद सामान मदिरा), नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल (बरामद सामानः ११ थान हाफ पाइन्ट, १ थान ट्राउजर) रहेका छन्।

यस्तै, सुनसरी, धरानकी एलिसा राई (बरामद सामान–१ थान ट्रे, १ थान क्यारेट) र बालकुमारी कार्की पनि पक्राउ परेका छन्।

उनीहरूलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको छ।

चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad