समाज


कुलमानको रिट ‘हेर्न नमिल्ने’

कुलमानको रिट ‘हेर्न नमिल्ने’

नेपालखबर
चैत १७, २०८१ आइतबार ११:४५, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त कुलमान घिसिङको रिट निवेदन ‘हेर्न नमिल्ने’ भएको छ। 

आज रिट सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको थियो। 

इजलास सुरू हुनासाथ प्रधानन्यायाधीश राउतले उनको रिट हेर्न नमिल्ने जानकारी गराएका हुन्। 

अदालतका अनुसार विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएकाले रिट हेर्न नमिल्नेमा परेको हो। 

विद्युत् प्राधिकरणका नवनियुक्त हितेन्द्रदेव शाक्यको रिट पनि सोही इजलासमा थियो।

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज अदालत बोलाएको थियो।

सर्वोच्चले दुवै रिटका विपक्षीहरूसँग लिखित जवाफ पनि मागेको छ।

पदावधि हुँदै बर्खास्त गरेपछि कुलमान सर्वोच्च पुगेका हुन्। 

यस्तै नवनियुक्त कार्यकारी निर्देशक शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गरिनुपर्ने माग गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad