समाज


उग्र राजावादीले एमाले कार्यालयनजिकै ट्याक्सी जलाए

उग्र राजावादीले एमाले कार्यालयनजिकै ट्याक्सी जलाए

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १७:४१, काठमाडौँ

नेकपा एमालेको पार्टी कार्यालयनजिकै प्रदर्शनकारीले ट्याक्सी जलाएका छन्। तीनकुनेबाट तितरबितर भएका राजावादी प्रदर्शनकारीले ट्याक्सी जलाएका हुन्। 

प्रदर्शनकारीले तीनकुने क्षेत्र, कोटेश्वर क्षेत्रमा आगजानी र तोडफोड गरेका छन्।  प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय रहेको प्रहरीको गाडीमा पनि आगजनी गरेका छन्।  

तीनकुने क्षेत्र अवस्था नियन्त्रणबाहिर गएपछि कर्फ्यु लगाएर सेना परिचालन गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad