काठमाडौँको तीनकुनेमा उग्र प्रदर्शन गरेका राजावादीहरूले सञ्चारगृहमा पनि तोडफोड गरेका छन्।
प्रदर्शनकारीले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका हुन्।
उनीहरूले अन्नपूर्ण पोस्टको कार्यालयको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले जानकारी दिए।
प्रदर्शनकारीले कार्यालयमा आगजनी गरेपछि सुरक्षा गार्डहरूले निभाएको उनको भनाइ छ।
त्यसअघि, प्रदर्शनकारीले अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगामुढा गरेका थिए। प्रदर्शनकारीको ढुंगामुढाबाट कार्यालयमा क्षतिसमेत पुगेको उनले बताए।
त्यस्तै, कान्तिपुर भवनको चौथो तलासम्म ढुंगामुढा प्रहार गरी सिसाका झ्याल फुटाएका छन्। कान्तिपुरका सञ्चारकर्मीका अनुसार ३ बजे आसपास प्रदर्शनकारीले पेप्सीका बोतल, ढुंगामुढा प्रहार गरेका थिए।

प्रतिक्रिया