समाज


उपत्यकाको सुरक्षा व्यवस्था चुस्त

उपत्यकाको सुरक्षा व्यवस्था चुस्त

नेपालखबर
चैत १५, २०८१ शुक्रबार १२:३०, काठमाडौँ

संघीय राजधानी काठमाडौँ उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ।
     
काठमाडौँका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए। 

उपत्यकाका प्रमुख चोकहरुमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको आचार्यले बताए। 

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा खबरदारी सभा गर्दैछ। 

त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन्। दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट सुरु भएर जुलुसहरु तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ। 

दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधरण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad