समाज


नेपालमा अलपत्र ५२६ विदेशी आज फर्किँदैछन् स्वदेश, लिन आउँदै कतार एयरवेज

नेपालमा अलपत्र ५२६ विदेशी आज फर्किँदैछन् स्वदेश, लिन आउँदै कतार एयरवेज

नेपालखबर
चैत १५, २०७६ शनिबार ६:३३,

कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामका लागि नेपाल पनि लकडाउन (बन्द) गरिएपछि यहाँ अलपत्र परेका विभिन्न देशका ५२६ नागरिक शनिबार आफ्नो देश फर्किंदै छन्।

सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि पूरै देश लकडाउन गरेपछि नेपालका विभिन्न स्थानमा रोकिएका पर्यटकलाई केही दिनयता उद्धार गर्ने र उनीहरूकै देशमा फर्काउने क्रम जारी छ।

यसै क्रममा शनिबार पनि कतार एयरवेजका दुई उडानबाट ५२६ विदेशी नागरिक स्वदेश जाने भएका हुन्।

त्यसअघि नेपालका विभिन्न स्थानमा रोकिएका पर्यटकलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइनेछ।

नेपाल पर्यटन बोर्डका अनुसार शनिबार माउन्टेन उडानमार्फत १०० जनालाई काठमाडौं ल्याइँदै छ। यसैगरी पोखरामा अलपत्र ३ सय तथा जोमसोममा रोकिएका ६० पर्यटकलाई शनिबार जहाजमार्फत काठमाडौं ल्याइँदै छ।

२ सय २६ जनालाई भने शुक्रबारै उद्धार गरी काठमाडौं ल्याइसकिएको छ।

नेपालमा अझै कति जना विदेशी रोकिएका छन् भन्ने यकिन विवरण आज साँझसम्म आउने बोर्डले जनाएको छ।

विभिन्न मुलुकका नेपालस्थित दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आफ्ना देशका नागरिकलाई फिर्ता पठाउन सुरु गरेका हुन्।

शुक्रबार कतार एयरको चार्टर्ड उडानबाट फ्रेन्चसहित युरोपका ३०४ नागरिक स्वदेश फर्किएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad