समाज


वृश्चिकको झगडा पर्ने, कन्यालाई स्वादिष्ट भोजन मिल्ने, तपाईँको के? हेर्नुस् १५ चैतको राशिफल

वृश्चिकको झगडा पर्ने, कन्यालाई स्वादिष्ट भोजन मिल्ने, तपाईँको के? हेर्नुस् १५ चैतको राशिफल

ज्यो. मेनुका दाहाल
चैत १५, २०८१ शुक्रबार ४:३७, काठमाडौँ

आज शुक्रबार, १५ चैत २०८१ (२८ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम सम्पादन हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। पुँजी बजारले साथ दिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ। प्रेम जीवन सुखद रहनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहला। परिवारमा सुख सन्तोष छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन : कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। स्वास्थ्यप्रति भने बढी नै सजग रहनु पर्छ। कताकता स्मरण शक्तिमा कमी भएको आभास गर्नु हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट : कार्य सम्पादनमा समस्या आउला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ। धार्मिक कार्य र तीर्थाटनको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

सिंह : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन जानेछ। व्यापारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : सफल यात्राको योग छ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। स्वादिष्ट भोजनको अवसर जुर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

तुला : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। धर्मकर्ममा मन जानेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

वृश्चिक : लाभहानि बराबरी हुने खालको दिन छ। घरपरिवारमा झैझमेला हुन सक्छ। झगडा पर्न सक्ने देखिन्छ। आर्थिक क्षेत्र पनि त्यति मजबुत हुने देखिन्न। मध्य दिनबाट भने रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। पुनर्मिलनका साथै दाम्पत्य सुख मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

धनु : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। कृषिकर्म र व्यावसायिक कामबाट प्रशस्त फाइदा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। न्यायिक कार्यमा सफलता मिल्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कुम्भ : दिन मनोरञ्जनपूर्ण रहला। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। वैदेशिक कार्य सम्पादन हुनेछ। स्वादिष्ट भोजनको आनन्द पाइनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।

मीन : शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। मनमा अविश्वास उत्पन्न हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। प्रेमी/प्रेमिकाबीच खिन्नता बढ्नेछ। साँझमा कतै भ्रमणको योजना बन्ला।

भाग्यशाली रङ आकासे र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। जालसाजतिर नलाग्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad