पश्चिम नवलपरासीका विभिन्न स्थानीय तहमा स्थापना भएका क्वारेन्टाइनमा पछिल्लो सयम शंकास्पद व्यक्ति आफैँ बस्न थालेका छन्।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोखिन जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन बनाएका छन्। आवश्यकताका आधारमा शंकास्पद व्यक्ति आफैँ क्वारेन्टाइनमा बस्न थालेका हुन्।
सुनवल नगरपालिका तथा युक्ति प्रहरी तालीम महाविद्यालयको संयुक्त प्रयासमा सुनवल ११ को जर्गाहमा स्थापना गरिएको १०० शय्याको क्वारेन्टाइनमामा १५ जना शंकास्पद व्यक्ति बसेका छन्।
क्वारेन्टाइनमा आएकामध्ये यस अगावै थप उपचारका लागि एक जनालाई प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
अहिले क्वारेन्टाइनमा भारत र अन्य मुलकबाट आएका १५ जना रहेका सुनवल नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
यसैगरी बर्दघाटको चौपत्तामा रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा चार आइसोलेशन वार्ड स्थापना स्थापना गरिएको छ।
बर्दघाटमै दिव्यज्योति बहुमुखी क्याम्पसमा १५ शय्या र बाल्मीकि माविमा १० शय्याको क्वारेन्टाइन बनाइएको छ।
दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा चार व्यक्ति बसेका छन्। तीमध्ये एक जना कतार र तीन जना भारतबाट आएका हुन्।
सुस्ता गाउंँपालिका पक्लिहवास्थित स्वास्थ्यचौकीमा १० शय्याको र सुस्ता १ स्थित युनाइटेड एकेडमीमा १८ शय्याको क्वारेन्टाइन बनाइएको छ। दुवै स्थानमा गरी हाल सात व्यक्ति बसेका छन्।
प्रतापपुर गाउंँपालिकाको त्रिभुवन क्याम्पस बेलाटारीमा २० शय्या र बाल्मीकि सहकारी गोपीगञ्जमा तीन शय्याको क्वारेन्टाइन बनाइएको छ।
त्रिभुवन क्याम्पसको क्वारेन्टाइनमा सात जना छन्। उनीहरु भारतबाट आएको बताइएको छ।
पाल्हीनन्दन स्वास्थ्य केन्द्रमा स्थापना गरिएको १० शय्याको क्वारेन्टाइनमा अहिले ६ जना छन्। तीमध्ये तीन जना भारतबाट र अन्य तीन जना तेसो मुलुकबाट आएका हुन्।
रामग्राम नगरपालिका परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चार शय्याको आइसोलेशन बेड सहित उपचार कक्षको व्यवस्थापन गरिएको छ भने आदर्श माध्यमिक विद्यालयमा ५० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ।
यता सरावल गाउंँपालिका ७ मा रहेको भुजहवा सेल्टर भवनमा १० शय्याको क्वारेन्टाइन बनाइएको छ भने सरावल १ स्थित वसन्त माविको भवनमा पनि पाँच शय्याको क्वारेन्टाइन बनाइएको छ।
जिल्लाका सबै स्थानीय तहले सम्भावित संक्रमणबाट जोगिन हेल्थ डेस्क स्थापना र क्वारेन्टाइन निर्माण गरेका छन्।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा चार सय जना अट्ने लक्ष्यसहितको क्वारेनटाइन स्थापना गरिएको छ।
चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार क्वारेन्टाइनमा हाल १५ शंकास्पद व्यक्ति बसिरहेका छन्।
नगरपालिकाले १७ वटै वडामा क्वारेन्टाइन बनाउने योजनानुसार विद्यालयका सट्टा चिकित्सालय प्रयोगमा जोड दिएको छ।
त्यसमा एक सयभन्दा बढी कोठा रहेको र चार सयभन्दा बढी व्यक्ति अट्ने क्षमता रहेको सापकोटाको भनाइ छ। नेपाल भित्रिने नेपाली र गैरनेपालीलाई १४ दिनसम्म त्यहाँ राखिनेछ। रासस

प्रतिक्रिया