समाज


विद्युत् प्राधिकरणमा बढाइयो सुरक्षा (तस्बिरहरू)

विद्युत् प्राधिकरणमा बढाइयो सुरक्षा (तस्बिरहरू)

सौगात दाहाल
चैत १२, २०८१ मंगलबार १२:४, काठमाडौँ

कुलमान घिसिङको समर्थनमा प्रदर्शन बढेपछि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा बढाइएको छ। 

सोमबार मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि चौतर्फी रूपमा सरकारको विरोध भइरहेको छ।

बिहानैदेखि कुलमानको समर्थनमा काठमाडौँमा प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन्। 

सरकारमै सहभागी दलका कतिपय नेताले पनि यो निर्णयको विरोध गरिरहेका छन्। विपक्षी दलनिकट युवा सडकमा आएका छन्। 

विद्युत प्राधिकरणकोा केन्द्रीय कार्यालयमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

सम्भावित परिस्थिति  हेरेर प्रहरी परिचालन गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

हेर्नुहोस् तस्बिरहरू:
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad