समाज


राशिफल १२ चैत : धनुको कुरा काट्नेहरू बढ्ने, मीनको आकर्षक पहिरनले सबैलाई लोभ्याउने, तपाईँको के?

राशिफल १२ चैत : धनुको कुरा काट्नेहरू बढ्ने, मीनको आकर्षक पहिरनले सबैलाई लोभ्याउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत १२, २०८१ मंगलबार ४:३८, काठमाडौँ

आज मंगलबार, १२ चैत २०८१ (२५ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मनोरञ्जनमा सहभागी भइएला। मित्रबाट सहयोग र हौसला मिल्नेछ। कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : आफन्त र मित्र वर्गको सहयोग पाइनेछ। नयाँ कार्यको योजना बन्नेछ। सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सकिएला। आफन्त र साथीभाइले भरपुर सहयोग गर्नेछन्। नयाँ ठाउँमा रमाइलो यात्रा हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। झुट नबोल्ने।

मिथुन : सुखदुःख बराबरी खालको समय छ। काम बिगार्नेहरू सक्रिय रहने देखिन्छ। यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। घरपरिवारमा रमाइलो वातावरण छाउनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम रहेको छ। दानपुण्यका कार्यमा सहभागी भइनेछ। सेयर बजारबाट पनि लाभ लिन सकिन्छ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामाजिक कामबाट सफलता मिल्नेछ। युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सहज होला।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : रमाइलो यात्राको योग छ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। कृषि व्यवसायबाट उचित प्रतिफल पाउन सकिन्छ। अचल सम्पत्ति हात पर्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सेतो रङको प्रयोग नगर्ने।

तुला : घरायसी वातावरणमा असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ला। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा कुनै समाचारले मन खुसी बनाउला।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। छलकपट नगर्ने।

वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सेयर बजारबाट राम्रै सफलता मिल्नेछ। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : भाग्यले विभिन्न अवसर जुराउनेछ। बहुप्रतीक्षित काममा सफलता हात पर्न सकिन्छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। कार्यक्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढ्नेछ। दाजुभाइ र इष्टमित्रबाट सहयोग नै हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। उत्तर दिशा नजाने।

मकर : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताका सिँढी चढ्न सकिनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। छोटो र रमाइलो भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको ईर्ष्या नगर्ने।

कुम्भ : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। आँटेको काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४६, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झमेलामा नपर्ने।

मीन : साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। प्राविधिक कार्यमा लगाव बढ्नेछ। आकर्षक पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वाहन लाभ हुने समय छ। वैदेशिक कार्य भने कमजोर रहनेछ। मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad