समाज


थानकोटमा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु, नौ घाइते

थानकोटमा हाइस दुर्घटना हुँदा एकजनाको मृत्यु, नौ घाइते

नेपालखबर
चैत १०, २०८१ आइतबार २०:५६, काठमाडौँ

आइतबार साँझ थानकोटमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

चितवनबाट काठमाडौँं आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस दुर्घटना हुँदा अन्दाजी २५/२६ वर्षकी सबिना गुरुङको ज्यान गएको प्रहरी बृत्त थानकोटले जनाएको छ।

रोकेको अवस्था हाइस आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा ९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ।

चालक नुवाकोट बेलकोटगडि नगरपालिका–१३ का वर्ष ३० को राजेश घले गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यी हुन् घाइते
१)    जि. चितवन कालिका न.पा. ७  घर भई बस्ने वर्ष ६८ की तारा देबी कुमाल ट्रमा सेन्टरमा उपचार भइरहेको अवस्था गम्भीर।
२)    जि.काठमाडाैँ च.न.पा. १५ घर भई वर्ष ३३ की  बिन्दु देबकोटा  मेड पोईन्टमा उपचार पस्चात १८;२० बजे माइतिघर स्थित अन्नपूर्ण अस्पताल पठाइएको (उपचारमा संगलग्न श्रीमान्) अवस्था मध्यम बोल्न सक्ने।
३)    जि.काठमाडाैँ च.न.पा. १५ घर भई वर्ष ३३ की  बिन्दु देबकोटाको छोरा ३० महिनाको दिब्यन पोख्रेल , अवस्था सामान्य ,डिस्चार्ज।
४)     जि. चितवन भरतपुर म.न.पा. ६ घर भई बस्ने वर्ष ४० की अनिता थापा मेड पोईन्टमा  उपचार भइरहेको अवस्था सामान्य बोल्न सक्ने।
५)    जि. चितवन भरतपुर म.न.पा. ६ घर भई बस्ने वर्ष ४० की अनिता थापाकी छोरी वर्ष १७ की एरिसा थापा  मेड पोईन्टमा  उपचार भइरहेको अवस्था सामान्य बोल्न सक्ने।
६)    जि. चितवन भरतपुर,म.न.पा.४  घइ भई बस्ने वर्ष ३७ को मोहित गुरङ् मेड पोईन्टमा उपचार पस्चात ट्रमा सेन्टर १८;३० मा रिफर अवस्था मध्यम बोल्न सक्ने।
७)    जि. चितवन कालिका न.पा. ७  घर भई बस्ने वर्ष २५ की सिमा कुमाल मेड पोईन्टमा उपचार पस्चात डिस्चार्ज।
८)    जि. चितवन कालिका न.पा. ७  घर भई बस्ने वर्ष २५ की सिमा कुमालको छोरा वर्ष ६ को इसान कुमाल उपचार पस्चात डिस्चार्ज।
९)    जि. सर्लाही सोल्टी बजार घइ भई बस्ने वर्ष २० की कुसुम राई मेड पोईन्टमा उपचार पस्चात डिस्चार्ज।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad