समाज


म्याराथनमा अनिश र हाफ म्याराथनमा सन्तोषी च्याम्पियन

म्याराथनमा अनिश र हाफ म्याराथनमा सन्तोषी च्याम्पियन

नेपालखबर
चैत ९, २०८१ शनिबार २१:५५, काठमाडौँ

तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२५ मा अनिश थापामगर च्याम्पियन भएका छन्। महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन्।

शनिबार (चैत ९) आयोजित म्याराथनमा पुरुष खेलाडीको मात्र सहभागिता थियो। त्यसमा अनिशले दुई घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गरे।

शीर्ष तीन स्थानका निम्ति कडा प्रतिस्पर्धा भएको दौडमा सुशीलकुमार शाही दोस्रो भए। उनले दुई घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गरे। तेस्रो भएका केन्याली धावक स्टेफन कोसीले दुई घण्टा २० मिनेट ४८ सेकेन्डमा दौड टुंग्याएका थिए।

पिस म्याराथन च्याम्पियन बनेर अनिशले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। सुशीलले दुई लाख ५० हजार र स्टेफनले एक लाख ५० हजार रुपैयाँ हात पारे।

महिला हाफ म्याराथनमा सन्तोषी एक घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन भइन्। उनले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। पूर्णलक्ष्मी न्यौपाने एक घण्टा २१ मिनेट ३७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन्। उनले एक लाख रुपैयाँ पाइन्। चिनियाँ धाविका चेन वेइ तेस्रो भइन्। उनले ८० हजार रुपैयाँ जितिन्।

पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भूपेन्द्र सुनार शीर्ष तीन स्थानमा रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad