कारोबार


फेरि नेपाली बजारमा आउँदै जेडटीई

फेरि नेपाली बजारमा आउँदै जेडटीई

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:३३, काठमाडौँ

ग्लोबल टेक जायन्ट जेडटिइ नेपालमा पुनः प्रवेश गर्ने भएको छ। 

अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्टफोनहरूको साथ जेडटीई नेपालमा आउने तयारी गरिरहेको हो। 

यसका लागि कम्पनीले बजार व्यवस्थापनको लागि शंकर ग्रुपसँग सहकार्य गर्दै आधिकारिक वितरकको रुपमा पनि शंकर ग्रुपलाई नियुक्त गरेको छ।

जेडटीईले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचेको थियो। कम्पनीले सन् २०१६मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो। 

यसपटक जेडटिइ ब्लेड र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याइँदै छन्। जसअन्तर्गत जेडटिइ ब्लेड ए७५ ले ९०हर्जको डिस्प्ले र एआई क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ। 

त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफीसहित नुबिया भि७० म्याक्स आउँदै छ। साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गर्दै छन्।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ र एआइ फिचरहरू समावेश छन्। उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad