समाज


भक्तपुरमा आगलागी हुँदा १० लाखको क्षति

भक्तपुरमा आगलागी हुँदा १० लाखको क्षति

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८१ बुधबार ७:३३, काठमाडौँ

गएराति भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित रेडक्रस चोकमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

स्थानीय मोहम्मद आसिमले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा आगलागी हुँदा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। 

विद्युत् सर्ट भएर आगलागी हुँदा वर्कसपमा रहेका दुई मोटरसाइकल, एउटा स्कुटर, कम्प्रेसर मेसिन एक थान, पानी तान्ने मेसिन–तीन थान, विभिन्न ब्राण्डका मोबिल आठ थान, केही कार्टुन र बाइकको पार्टस्हरु जलेर नष्ट भएको प्रहरी वृत्त थिमिले जनाएको छ। 

वर्कसपसँगै रहेको रगु श्रेष्ठको घरमा पनि आगलागीबाट क्षति पुगेको जुद्ध वारुण यन्त्र कार्यालय, भक्तपुरका प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए।

दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad